चीनले गर्यो कोरियाली सीमामा युद्ध अभ्यास

0
272

china-aircraft-carrie_dutt-585666b091ea30-02438049

बेइजिङः दक्षिण कोरियाको नजिकै बोहाई सागरको पूर्वोत्तर भागमा चिनियाँ सेनाले विमानवाहक पोत तथा युद्धक विमान प्रयोग गर्दै पहिलोपटक बम आक्रमणको अभ्यास गरेको चीनका सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

Advertisements

विवादित दक्षिण चीन सागरमा चिनियाँ सेनाको सक्रिय उपस्थिति देखेर चिन्ता प्रकट भएका बेला यस्ता गतिविधिले विश्व समुदाय चिन्तित भएको छ । अमेरिकाले दक्षिण चीन सागरमा चीनले सैन्य गतिविधि बढाएको कारण देखाउँदै सामुद्रिक गस्ती गर्दै आएको छ ।

उक्त क्षेत्रमा निर्बाध आवागमन सुनिश्चित गर्नका लागि अमेरिकी सेनाले गस्ती गर्नुपरेको दाबी गरेको छ । बोहाई सागरमा चीनको उक्त क्षेत्रमा अहिलेसम्म कुनै पनि देशले आफ्नो अधिकार भएको दाबी गरेका छैनन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानी राष्ट्रपतिसँग फोनवार्ता गरेपछि चीनले असन्तुष्टि प्रकट गरेका बेला यस्तो सक्रियताले तनावको स्थिति उत्पन्न भएको हो ।

सरकारद्वारा सञ्चालित चाइनिज सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले पनि उक्त सैन्य अभ्यासमा १० वटा युद्धपोत र १० वटा युद्धक विमानले बम आक्रमण गरेको समाचार सम्प्रेषण गरेको थियो । चिनियाँ सेनाले ती विान र पोतबाट आकाशबाट आकाशमा, आकाशबाट समुद्रमा र समुद्रबाट आकाशमा मिसाइल प्रक्षेपण गरेको समाचारमा बताइएको थियो ।

पहिलोपटक गोलाबारुद, युद्ध पोत र युद्धक विमानबाट वास्तविक रूपमा सेनाले युद्धाभ्यास गरिएको समाचारमा उल्लेख छ । युद्धाभ्यासमा सोभियत संघमा निर्मित लियाओनिङ विमानवाहक पोत तथा युद्धपोत पनि प्रयोग गरिएको छ ।

यसैबीच चीनले दक्षिण चीन सागरमा मानवरहित डुंगा नियन्त्रणमा लिएको छ । एक अमेरिकी रक्षा अधिकारीले शनिबार उक्त जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा गइरहेको अमेरिकी डुंगा चीनले कब्जामा लिएको भन्दै उनले असन्तुष्टि प्रकट गरेका छन् । त्यस क्षेत्रमा पानीको नुनिलोपन र तापक्रम जाँच गरिरहेको अमेरिकी डुंगा लिनु चीनिको अनुचित कदम भएको उनले बताए । उक्त डुंगा अमेरिकी नौसेनाको भए पनि नौसेनाले नचलाएको दाबी गरे ।

LEAVE A REPLY