एकसय दिनमा छक्का पञ्जा

0
295

18122016082527chhakka-panja-100-days-1000x0

पुस ३, २०७३- फिल्म ‘छक्का पञ्जा’ ले शनिबार लगातार प्रदर्शनको एक सय दिनको कोसेढुंगा पार गर्दै विरलो उपलब्धि हात पारेको छ । दीपाश्री निरौलाको पहिलो निर्देशन रहेको फिल्मले राजधानीका बिग मुभिजसहित गोपीकृष्ण, गुण र गंगा गरी चार हलमा १५ औं सातामा चलिरहेको छ ।

Advertisements

‘यो उपलब्धि हाम्रो मात्रै होइन,’ निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरीले उलब्धिलाई नेपाली फिल्म क्षेत्र र हास्यव्यंग्य क्षेत्रप्रति समर्पित गर्दै थपे, ‘दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म बनाउनुपर्ने रहेछ भन्ने कुरा सिकेको छु ।’ हास्य कलाकार आरपी भट्टराईको निधनका कारण ‘छक्का पञ्जा’ टिमले एक सय दिनको उत्सव भने औपचारिक रूपमा मनाएन । ‘१३ औं दिनको पुण्यतिथिमा ६ गते फिल्म युनिट, सञ्चारकर्मीसँगै सेलिब्रेसन पार्टी गर्नेछौं,’ दीपकले शनिबार भने बिग मुभिजमा रेड कार्पेट गरी फिल्मकै कलाकारलाई हिँडाएका थिए ।

शनिबारदेखि नै ‘छक्का पञ्जा’ मोफसलका १३ हल र राजधानीका दुई हलमा थपिएको छ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत लगायतको अभिनय रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मले बिग मुभिज र गंगा हलको इतिहासमै पहिलोपटक सय दिने नयाँ कीर्तिमानी राखेको हो । बेलुकी एक सो दिइरहेको बिग मुभिजमा शनिबारको सो पनि हाउसफुल थियो ।

LEAVE A REPLY