रसियाली राजदूतको टर्किस प्रहरी जवानद्वारा हत्या

0
240

3b85fbd900000578-4048844-the_killer_shouted_allahu_akbar_god_is_great_we_die_in_aleppo_yo-a-2_1482179593282

अनकारा – टर्कीका लागि रसियाली राजदूतको गोली हानी हत्या गरिएको छ । राजधानी अनकाराको एक आर्ट ग्यालरीमा भएको गोलीकाण्डमा ६२ वर्षीय राजदूत आन्द्रिय कार्लोभको निधन भएको छ ।

Advertisements

गोली प्रहार गर्ने व्यक्ति टर्की प्रहरीको जवान रहेको सिरियामा जारी द्वन्द्वको बदला लिन गोली प्रहार गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । गोली प्रहार गर्ने व्यक्ति २२ वर्षीय मेभलुट मेर्ट अल्टिन्टास रहेको र उनी अन्काराको दंगा प्रहरीको सदस्य रहेको बताइएको छ ।टाई–सुट लगाएर आएका मेभलुटले ‘आल्लाह हु अक्बर’ भन्दै ‘हामी अलेप्पोमा मारिन्छौँ, तिमीहरु यहाँ मर्छौँ’ भन्दै केही राउण्ड गोली राजदूतमाथि प्रहार गरेका थिए ।त्यसपछि उनले ग्यालरीमा उपस्थितहरुमाथि पनि गोली प्रहार गरेका थिए । यसमा तीन जना घाइते भएका छन् ।१५ मिनेट पछि प्रहरी कारवाही मेभलुट पनि मारिएका थिए ।उनी गत जुलाईमा टर्कीमा भएको असफल कू को समर्थक रहेको अनुमान गरिएको छ ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यो आक्रमण टर्की र रसियाको सम्बन्ध बिगार्न र सिरियाको शान्ति प्रक्रिया भंग गर्न लक्षित भएको बताए । उनले गोलीकाण्डको ‘मास्टरमाइन्ड’ पत्ता लगाइछाड्ने वाचा समेत गरे ।केही दिन अघि टर्कीमा सिरियामा रसियाको संलग्ताको विरोधमा प्रदर्शन भएको थियो ।

LEAVE A REPLY