बर्लिनः ट्रकको हमला, १२ को मृत्यु

0
228

berlin-5

जर्मनीको राजधानी बर्लिनको व्यस्त क्रिसमस बजारमा एक लरी अनियन्त्रित हुँदा कम्तीमा पनि १२ को मृत्यु भएको छ भने ५० घाइते भएका छन् ।जर्मनीको गृह मन्त्रीले यसलाई एक दुर्घटना नभई हमलाको संज्ञा दिएका छन् ।

Advertisements

बर्लिन पुलिसका अनुसार पोल्याण्डको एक निर्माण स्थलबाट एक ट्रक चोरी भएको खबरमा अनुसन्धान भइरहेको छ । पुलिसले लरीका ड्राइभरलाई पक्राउ गरिएको र उनलाई सोधपुछ गरिरहेको जानकारी दिएको छ । जर्मनीका सुरक्षा सुत्रका अनुसार यी व्यक्ति अफगानिस्तान वा पाकिस्तानबाट गत फेब्रुअरीमा जर्मनी भित्रिएका थिए जहाँ उनले शरण लिनका लागि आवेदश दिएका थिए । एक अज्ञात सवारको पनि मृत्यु भएको पुिलसले जानकारी दिएको छ । यो संदिग्ध हमला पछि फ्रान्सको क्रिसमस बजारमा सुरक्षा चुस्त बनाइएको छ । त्यहाँको नीस शहरमा यसै वर्ष १४ जुलाई यस्तै प्रकारको ट्रक हमला भएको थियो जसमा ८६ मानिसको मृत्यु भएको थियो । नीस हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेटको एक समूहले लिएको थियो । सार्वजनिक भएको भिडियो फुटेजमा बजारमा राखिएका थुप्रै स्टल टुटेको छ र मानिसहरु जमिनमा खसिरहेको देख्न सकिन्छ ।यो बजार ब्राइशाइप्लात्जको विलहेम मेमोरियल चर्च नजिकै रहेको थियो । बर्लिनर मोर्गनपोस्टको एक रिपोर्टरले बजारको हालतको बारेमा जानकारी दिँदै त्यहाँको स्थिती निकै भयानक भएको बताए ।

LEAVE A REPLY