करुणको किर्तिमानी तेहोरो शतक, भारतको विशाल स्कोर

0
266

karun-nair

चेन्नाई – करुण नायरले पहिलो तेहोरो शतक बनाउँदा भारतले इंग्ल्याण्डविरुद्ध विशाल स्कोर खडा गरेको छ ।

Advertisements

भारतले ७ विकेटको क्षतिमा ७५९ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको हो । भारतले टेस्ट इतिहासमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि भारतले सन् २००९ मा श्रीलंकाविरुद्ध मुम्बाईमा ९ विकेटको क्षतिमा ७२६ रन बनाएको थियो ।नायर आफ्नो डेब्यु शतकलाई नै तेहोरो शतकमा परिणत गर्ने क्रिकेट इतिहासमा तेस्रो तथा भारतका लागि पहिलो ब्याट्सम्यान बनेका छन् । उनले नटआउट रहँदै ३ सय ३ रन बनाए । यसक्रममा उनले ३८१ बलको सामना गर्दै ३२ चौका र ४ छक्का हिर्काए ।

भारतका लागि नम्बर ५ वा सोभन्दा तलको ब्याट्सम्यानले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । यसअघि महेन्द्रसिंह धोनीले सन् २०१३ मा चेन्नाईमा नै अस्ट्रेलियाबिरुद्ध २२४ रन बनाएका थिए ।

भारतका लागि ओपनर लोकेस राहुल भने अभागी साबित हुँदै दोहोरो शतकबाट मात्र एक रनले चुक्दै १ सय ९९ रनमा आउट भएका थिए ।

त्यस्तै ओपनर पार्थिभ पटेलले ७१ तथा रवीचन्द्र आश्विनले ६७ रन बनाए । रविन्द्र जडेजाले आक्रामक पारी खेल्दै ५१ रन बनाए ।

इंग्ल्याण्डका लागि स्टुवार्ड बोर्ड र लियाम डसनले २–२ विकेट लिए ।

इंग्ल्याण्डले पहिलो इनिङमा ४७७ रन बनाएको थियो ।

LEAVE A REPLY