‘मैले यसरी यो वर्षको अन्त्य हुनेछ भन्ने कल्पना पनि गरेको थिइँन:रोनाल्डो

0
288

timthumb-php

योकोहामा – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१६ आफ्नो लागि ‘उत्तम वर्ष’ भएको बताएका छन् ।

Advertisements

क्लबका लागि ४० औँ ह्याट्रिक गर्दै क्लब विश्वकपको उपाधि दिलाएका रोनाल्डोले भने, ‘यो वर्षको सही अन्त्य गर्न हामी यो उपाधि जित्न चाहन्थ्यौँ ३१ वर्षीय रोनाल्डोले अतिरिक्त समयमा दुई गोल गर्दै यस सिजन युरो २०१६ र च्याम्पियन्स लिगको उपाधिसँगै अर्को उपाधि थपे ।गत हप्तामात्र उनले चौँथो पटक बालोन डि’ओरको उपाधि जितेका थिए ।

‘मैले यसरी यो वर्षको अन्त्य हुनेछ भन्ने कल्पना पनि गरेको थिइँन । ह्याट्रिक गरेर आफ्नो क्लबलाई जिताउने छु,’ उनले भने, ‘यसका लागि म मेरो सहकर्मीहरु पनि धन्यवाद दिन चाहन्छु । उनीहरु बिना मैले व्यक्तिगत ट्रफीहरु जित्न सक्दिँन थिएँ ।’

रोनाल्डोले यस सिजन रियलका लागि २२ खेलमा १६ गोल गरेका छन् ।

LEAVE A REPLY