म संसारसामू नग्न भएँ:कंगना

0
316

kangana_hrithik_lovestory1

बलिउड नायिका कंगना रनावतले ऋतिक रोशनको सम्बन्धबारे पहिलो पटक मुख खोलेकी छिन् । शुक्रबार एक प्रोमोशनल इभेन्टमा पुगेकी कंगनाले ऋतिकसँगको आफ्नो सम्बन्धबारे निकै खुलेर मिडियासामू कुराकानी गरेकी छिन् । ऋतिकलाई लेखेको प्रेमपत्र लिक हुँदा संसारसामू आफू नग्न भएजस्तै महसुस भएको उनले बताइन् ।

Advertisements

रिबकको प्रोमोशनल इभेन्टमा पुगेकी कंगनाले भनिन्, ‘यो एक पहाडमा बस्ने युवतीको कहानी हो जो निकै बहादुर र जिद्दी छिन् । उनले एक पुरुषको तस्बिर भेट्छिन् जोसँग उनको प्रेम हुन्छ । ती व्यक्तिका लागि उनी रेगिस्तान, पहाड, समुन्द्र पार गर्छिन् । उनी ती व्यक्तिसँग ताराको मुनी उभिन्छन्, त्यतिबेला ती व्यक्तिले उनलाई चुम्बन गर्छन् र आइ लभ यु भन्छन् । जब महिला सफलताको सिढिं चढ्न थाल्छिन् तब ती व्यक्ति उसँग डराउँछन् । यस्तो अवस्थामा उनीहरुको प्रेम वियोगमा परिणत हुन्छ ।’
स्मरण रहोस्, कंगना र ऋतिकबिच विवाद पछि कंगनाले ऋतिकका लागि लेखेको चिट्ठी लिक भएको थियो । यसबारे कंगना भन्छिन्, ‘त्यो चिट्ठी जुन सायद मैले लेखेकी थिएँ, त्यो क्रुरताका साथ दनियाँको सामू आयो । सोच्नुहोस् त्यतिबेला मलाई (एक साधारण मानिसको हिसाबले) कस्तो महसुस भयो होला, किनभने तपाईं आफ्नो प्रेमीलाई निकै भावुक भएर चिट्ठी लेख्नुहुन्छ । तपाईं आफ्नो जिन्दगीको एक महत्वपूर्ण कुरा संसारभरी नभई ती एक्ला व्यक्तिसँग सेयर गर्नुहुन्छ । तर जतिबेला ती चिट्ठी सार्वजनिक भए तब म संसारसामू नग्न भएँ । थुप्रै रातसम्म म कोठामा रोइरहें । मानिसहरुले मेरो खिल्ली उडाए । तर मैले उनीहरुलाई क्रुर जवाफ दिइनँ । मेरो यही गुणले मलाई बिजेता बनाउँछ । यदि म कसैको लागि ठिक भइनँ भने म यसमा केही गर्न सक्दिनँ । तर उनको खिल्ली उडाउनु र संसारसामू लज्जित बनाउनु गलत कुरा हो ।’

एक अन्तर्वार्ताको क्रममा कंगनालाई ऋतिकले उनलाई ‘आशिकी थ्री’ बाट आउट गराइदिएका हुन् भन्ने प्रश्न सोधिएको थियो । स्मरण रहोस्, यो फिल्ममा कंगना र ऋतिकलाई मुख्य भुमिकामा प्रस्तुत गरिने बताइएको थियो तर कुनै कारणवश यस्तो हुन सकेन ।

– जवाफमा कंगनाले भनेकी थिइन्, ‘हो, मैले यस्तो कुरा सुनेकी छु । मलाई थाहा छैन ‘सिल्ली एक्स पार्टनर’ चर्चा पाउनका लागि किन यस्तो गर्छन् । मेरो लागि त्यो अध्याय सिद्धिसकेको छ र म पुरानो कुरा दोहोराउन चाहन्नँ ।’

– त्यसपछि ऋतिकले ट्वीटरमा यी नायिकाको सट्टा उनको पोपसँग सम्बन्ध रहने सम्भावना धेरै छ भनी टिप्पणी गरेका थिए । त्यसपछि दुबैका बिच विवाद सुरु भयो ।

– ऋतिक र कंगना दुबैले आफ्नो इमेल अकाउन्ट ह्याक भएको दाबी गरेका थिए ।

LEAVE A REPLY