रुपन्देही दोस्रो दिन पनि बन्द, जनजीवन प्रभावीत

0
269

पुस ६, २०७३- एमालेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा उत्रिएको युवा संघ नेपालले बुधबार पनि रुपन्देही जिल्ला बन्द गरेको छ ।

Advertisements

घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई पक्राउ र कारबाहीको माग गर्दै युवासंघले रुपन्देही अनिश्चिकालीन बन्द गराएको हो । जिल्ला सुरक्षा समितिले तिवारीलाई शहीद घोषणा गर्ने, हत्यारालाई तत्काल पक्राउ गर्ने र जिल्लामा शान्ति सुरक्षा कायम गर्ने तीनवटा लिखित प्रतिबद्धता नजनाउँदासम्म शव नबुझ्ने तथा आन्दोलनसमेत जारी राख्ने युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले बताए । बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावीत बनेको छ ।

पूर्वपश्चिम राजमार्ग तथा उत्तर-दक्षिण राजमार्गमा सवारीका साधन ठप्प छन् । भित्री तथा हुलाकीमार्गमा पनि सवारी चलेका छैनन् । मुख्य बजार, शैक्षिक संघ संस्था, उद्योग व्यवसाय, व्यापारीक प्रतिष्ठान समेत खुलेका छैनन् । हत्याको विरोध गर्दै बुधबार पनि बिहानैदेखि युवा संघका कार्यकर्ताले बुटवलका सडकहरुमा प्रद्धर्शन गरेका छन् । युवा संघले बुटवलमा अस्तिसाँझदेखि नै चक्काजाम गरेको थियो । प्रद्धर्शनले मंगलबार दिनभर पनि तनावग्रस्त बनेको बुटवल अझै सामान्य बन्न सकेको छैन ।

तिवारीलाई रुपन्देहीको देवदह नगरपालिका ढेकावार कोलीयामा तीनदिनअघि मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । दिउँसो करिब साढे ३ बजे रातो पल्सर बाइकमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए । देब्रे कोखमा गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले तिवारीको हत्यामा संलग्न रहेको आशंकामा मंगलबार तीनजनासहित घटनामा संलग्न मोटरसाइकल बरामद गरेको छ । सरकारले गठन गरेको केन्द्रीय छानबीन टोलीले पनि बुधबारदेखि काम थाल्ने अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीले जनाए । सरकारले मंगलबार एआईजी विज्ञानराज शर्माको नेतृत्वमा चार सद्स्यीय छानबीन समिति गठन गरेको थियो ।

LEAVE A REPLY