पुरानै संरचनामा स्थानीय निर्वाचन नहुने बताएका छन् ।: प्रधानमन्त्री दाहाल

0
292

prachanda-pushpa-kamal-dahal

पुस ५, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय निर्वाचन नहुने बताएका छन् । ‘अब हुने निर्वाचन स्थानीय तहकै हो । पुरानै संरचनामा निर्वाचनमा जानु भनेको संविधान कार्यान्वयनबाट पछाडि हट्नु हो’

Advertisements

वीरेन्द्रनगरमा मंगलबार प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेश कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘यस विषयमा प्रमुख तीन दलका नेताहरुबीच छलफल चलिरहेको छ । संविधानअनुसार स्थानीय तहकै निर्वाचन हुन्छ ।’ उनले आफू पुरानै संरचनालाई आधार मानेर निर्वाचन गर्न सहमत भएको कुरामा कुनै सत्यता नभएको प्रष्ट पारे ।

उनले बैशाखको पहिलो या दोस्रो साताभित्र स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले तिथिमिति सार्वजनिक गर्ने बताए । ‘चैतमा सम्भव छैन । निर्वाचन आयोगले तयारी पुग्दैन भनिसक्यो । अब बैशाखको पहिलो या दोस्रो हप्ताभित्र निर्वाचन हुने गरी केही दिनभित्र मिति घोषणा हुन्छ’ उनले भने । प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई प्रतिपक्षले ठूलै प्रतिष्ठाको विषय बनाएको बताए । ‘प्रस्ताव फेल गर्ने भए पनि कम्तीमा संसदमा प्रवेश गर्न दिउँ । तपाईंहरुसँग एक तिहाई मत पनि छ । बरु फेल गर्नुस् भनेर एमाले नेताहरुसँग आग्रह गरेको गर्‍यै छु’ प्रधानमन्त्रीले दाहालले भने, ‘उहाँहरु (एमाले)ले अनावश्यक प्रतिष्ठाको विषय बनाउनुभो ।’

प्रधानमन्त्री हिल्सा पुल उद्घाटन गरेर नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । प्रधानमन्त्रीसँग पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्ति बस्नेत लगायतका नेता सुर्खेत आएका छन् ।

LEAVE A REPLY