राप्रपाको मध्यमाञ्चलस्तरीय बैठक सुरु

0
250

rpp-650x488

काठमाडौं, ६ पुस । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको मध्यमाञ्चलस्तरीय क्षेत्रीय बैठक भक्तपुरमा सुरु भएको छ ।

Advertisements

राप्रपा र राप्रपा नेपाल एकीकरणसँग विभिन्न क्षेत्रमा संयुक्त बैठक चलिरहेका बेला राप्रपाले मध्यमाञ्चलस्तरीय बैठक आज भक्तपुरमा राखेको हो ।

बैठकमा कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणासहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूका साथै मध्यमाञ्चलका अगुवा नेताहरूको सहभागिता रहेको छ ।

राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार पार्टी एकीकरणपछि सो विषयमा जानकारी दिने उदेश्यले क्षेत्रीय बैठक राखेको जानकारी दिए ।

‘दुई पार्टी मिलेपछि विभिन्न संगठनहरूलाई मिलाउने काम पनि भइरहेको छ’, उनले भने, ‘पार्टी केन्द्रको नीति, महाधिवेशन, मुलुकको समग्र राजनीतिक अवस्थाका विषयमा जानकारी दिने उदेश्यले यो बैठक बोलाइएको हो ।

बैठकमा कार्यकारी अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरूले बोल्ने छन् । सरकारमा रहेको राप्रपाले पार्टी एकीकरणसँग क्षेत्रीय आमसभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ

LEAVE A REPLY