चार भाई छोराका चार जातका बुहारी

0
277

गुल्मी– अर्वेनी–२ का ईन्द्रबहादुर सुनारको घरमा जाने जो कोही त्यतिबेला अचम्ममा पर्छन, जतिबेला उनका छोरा–बुहारीको विषयमा कुरा चल्छ । अचम्ममा नपरुन पनि कसरी ? ईन्द्रबहादुर सुनारका चार भाई छोराको विवाहको कथा कुनै फिल्मी दुनियाँको कथा भन्दा फरक छैन ।

Advertisements

चार जातका बुहारी
– ईन्द्रबहादुर चार बुहारी चार जातका छन् ।
–जेठा छोरा चन्द्रले स्वजातीय युवतीसँग विवाह गरेका छन् ।
–माईला छोरा मनोजले चौधरी थरीकी युवतीसँग विवाह गरेका छन् ।
–साईला छोरा रमेशले हमाल थरकी युवती भित्राए ।
–कान्छा छोरा सुर्यले चाहिँ श्रेष्ठ थरीकी युवती विवाह गरे ।

इन्दबहादुर थरी–थरीका बुहारी घरमा भएकोमा दंग छन् । भन्छन् :
–चार जातका छोरी एउटै घरका वुहारी बनेर मिलेर बसेका छन् । मलाई खुसी लागेको छ ।
–यहाँका कतिपय माथिल्लो जातिका मानिसहरुमा अझै छुवाछुतको समस्या छ ।
–धारामा पानीको गाग्री छुईन्छ कि भनेर कतिपय तर्कन्छन् पनि । तर, मेरै घरमा गैरदलित युवती बुहारी बनेर आएका छन् । यो उनीहरुका लागि लोप्पा पनि हो ।

अरु पनि छन्
–अर्वेनी २ मै अर्का एक दलित युवासँग व्राम्हण समुदायकै माईतीजनले छोरीको कन्यादान गराईदिए । मन्दिरमै आएर यस्तो विवाह भयो ।
–लालबहादुर सुनारका छोरा तिलकसंग अस्लेवाका टिकाराम पाण्डेकी छोरी देविको विवाह भयो । अर्वेनीको शिरमा रहेको शिद्धवाव मन्दिरमा विवाह गराइदिए ।
–छोरीको कन्यादान गराई दिन वावु टिकाराम आमा, दाजु भाई दिदी वहिनीहरु समेत आएका थिए ।
–केहि महिना अघि गुल्मी तम्घासका एक दलित युवालाई पनि पाल्पा अर्गेलीको श्रेष्ठ परिवारले आफ्नो आँगन मै पाउ पुजेर छोरी दिएका थिए ।

LEAVE A REPLY