इंग्ल्याण्डमाथि भारतको रोमाञ्चक जीत

0
275

India's Umesh Yadav celebrates the dismissal of England's Adil Rashid during their fifth day of the fifth cricket test match in Chennai, India, Tuesday, Dec. 20, 2016. (AP Photo/Tsering Topgyal)

चेन्नाई – बराबरीतर्फ उन्मुख टेस्टको अन्तिम दिनको अन्तिम सेसनमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भारतले इंग्ल्याण्डमाथि एक इनिङ तथा ७५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

Advertisements

इंग्ल्याण्डको जीतको सम्भावना न्युन रहेको खेलमा इंग्ल्याण्डले टेस्ट बराबरी गर्न अन्तिम दिन सबै विकेट नगुमाउन पर्ने थियो ।

लञ्चसम्म इंग्ल्याण्डको दश नै विकेट बाँकी थियो । त्यस्तै चियाको ब्रेकसम्म ६ विकेट बाँकी नै थियो । तर, मोइन अली आउट भएपछि इंग्ल्याण्डको पारी धर्मराउन पुग्यो । ४ विकेटको क्षतिमा १ सय ९२ रनको स्थितिमा रहेको इंग्ल्याण्ड मात्र २०७ रनमा अलआउट हुनपुग्यो । रवीन्द्र जडेजाले घातक बलिङ गर्दै इंग्ल्याण्डका सात जना ब्याट्सम्यानलाई पभेलियन फर्काए ।

यसअघि इंग्ल्याण्डले शुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि एलेस्टर कुक र किटन जेनिङले शतकीय साझेदारी गरे । कुकले ४९ तथा जेनिङले ५४ रन बनाए । मोइन अलीले ४४ तथा बेन स्टोकले २३ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो इनिङमा चार सयभन्दा बढी रन बनाएर इंग्ल्याण्ड यो सिरिजमा दोस्रो पटक पराजित हुन पुग्यो । इंग्ल्याण्डले पहिलो इनिङमा ४७७ रन बनाएको थियो ।

जवाफमा भारतले ७ विकेटमा ७५९ रनको विशाल स्कोर बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

यस खेलमा नटआउट रहँदै ३ सय ३ रन बनाएका करुण नायर म्यान अफ द म्याच घोषित भए ।

भारतले ५ खेलको सिरिज ४–० ले आफ्नो पक्षमा पार्यो ।

कप्तान विराट कोहली म्यान अफ द सिरिज घोषित भए ।

LEAVE A REPLY