मेक्सिको पटका बजारमा विस्फोट कम्तीमा ३१ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

0
257

i-21122016024056-1000x0

पुस ६, २०७३- मेक्सिको पटका बजारमा विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । ७० भन्दा बढी घाइते भएका छन् ।

Advertisements

राजधानी मेक्सिको सिटीदेखि ३२ किलोमिटरको दूरीमा रहेको सान पब्लिटोमा रहेको पटका बजारमा विस्फोट भएको हो । स्थानीय टेलिभिजनहरुले देखाएको घटनास्थलको भिडियो अनुसार पहिले एक पटका गोदाममा आगलागी भएको थियो । त्यसपछि विस्फोट हुने क्रम सुरु भएको बीबीसी अनलाइन स‌ंस्करणले लेखेको छ । तर आगलागीको कारण भने थाहा भएको छैन ।

विस्फोटपछि त्यस क्षेत्रमा धुँवैधुँवा फैलिएको छ भने स्थानीयलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ । विस्फोटपछि चिकित्सक र प्रहरी उद्धारका खटिएका छन् । घटनालगत्तै मेक्सिकोका राष्ट्रपतिले सुरक्षा र सहायता पुर्‍याउन निर्देशन दिएका छन् ।

सान पाब्लिटो बजारमा सन् २००५ र २००६ मा पनि आगलागी भएको थियो । सन् २००५को सेप्टेम्बरमा मेक्सिकोको स्वतन्त्रता दिवस समारोहअघि त्यस ठाउँमा विस्फोट हुँदा थुप्रै मानिस घाइते भएका थिए।

LEAVE A REPLY