सेयर बजार ओरालो लागेपछि नेप्से परिसूचक पुन: १ हजार ५ सय तल झरेको छ

0
213

पुस ६, २०७३- मंगलबार सेयर बजार ओरालो लागेपछि नेप्से परिसूचक पुन: १ हजार ५ सय तल झरेको छ ।

Advertisements

अघिल्लो दिनको तुलनामा करिब १९ अंकले घटेपछि नेप्से १ हजार ४ सय ९५ दशमलव ९९ विन्दुमा ओर्लेको हो । यसअघि मंसिर १२ गते नेप्से १५ सय तल रहेको थियो । त्यसपछि उकालो लागेको बजार परिसूचक १ हजार ६ सय ८ विन्दुसम्म पुगेर पुन: घट्दो बाटोमा छ । कारोबारमा आएकामध्ये ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो ।

करिब ४ हजार ८ सय वटा कारोबारबाट १ सय ३८ कम्पनीका ७ लाख २३ हजार ७ सय ४६ कित्ता सेयर किनबेच भए । ती खरिदबिक्रीबाट ६८ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । बजार पुँजीकरणको आकार १६ खर्ब ६५ अर्ब रुपैयाँमा सीमित भएको छ ।

LEAVE A REPLY