सरकारी वकिलको राष्ट्रिय सम्मेलनको मिती तोकियो

0
245

६ पुस, काठमाडौं । आगामी पुस ८, ९ र १० गते काठमाडौंमा सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । प्रज्ञा भवन कमलादीमा हुने सम्मेलनको पुस ८ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । प्रथम राष्ट्रिय सम्मेलनका लागि ४ जना नायव महान्यायाधीवक्ता, ३१ जना सह न्यायाधीवक्ता र देशैभरका शाखा अधिकृत वकिलहरुसहित ३५२ जनाको सहभागिता रहनेछ । सरकारी वकिलहरुको प्रभावकारिता बढाउन र अन्य निकायहरुसँगको समन्वयत्मक भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजन ागर्न लागिएको हो ।

Advertisements

हिरासत तथा कारगारमा रहेका कैदीबन्दीहरुको अनुगमन गरी मानवअधिकारको संरक्षण गर्ने तथा बन्दीहरुले कानून व्यवसायीसँग सहज भेट्न पाउने तथा न्यायलाई सहज पहुँचमा पुर्‍याउनेबारे पनि सम्मेलनमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा नेपाल प्रहरीले पनि कार्यपत्र प्रस्तुत गर्दैछ । संगठित अपराधको बिषयमा सरकारी वकिल र प्रहरीबीचको सहकार्य अपेक्षाकृत हुन नसकेकोबारे पनि सम्मेलनमा छलफल हुनेछ । सम्मेलनमा प्रहरीका १४ अञ्चलका प्रमुखहरुको सहभागिता रहनेछ ।

LEAVE A REPLY