कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाद्वारा तेह्रथुमको आगलागी क्षेत्र निरीक्षण

0
234

sitaula-21122016051059-1000x0

पुस ६, २०७३- कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितका घर निर्माणका र पुनर्बासका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।

Advertisements

आगलागी क्षेत्रको निरीक्षणका लागि बुधबार संक्रान्ति बजार आएका सिटौलाले पीडितको पुनर्बासका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । आठराई क्षेत्र आफ्नो पुख्र्यौली थलो भन्दै नेता सिटौलाले आफू काठमाडौं फर्किएपछि आगलागी पीडितको माग र समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।

आगलागी भएको संक्रान्ति बजारको स्थलगत अवलोकन गर्दै नेता सिटौलाले आपतको बेला धैर्य गरेर बस्न पीडितलाई आग्रह गरे । गत पुस १ गते भएको आगलागीमा परी संक्रान्ति बजारका ३२ वटा घर जलेका थिए । आगलागीपछि ३२ घरमा बसोबास गर्ने ५६ परिवार विस्थापित भएका छन् ।

यसैबीच संक्रान्ति बजारका आगलागी पीडितलाई एमाले तेह्रथुमले १ लाख ३६ हजार ७६ रुपैयाँ राहत संकलन गरेको छ । एमालेले जिल्ला कमिटी, गाउँ कमिटी लगायत आफ्ना कार्यकर्ता र शुभेच्छुकहरुबाट रकम संकलन गरेको एमाले अध्यक्ष लक्ष्मण तिवारीले बताए । संकलित रकम नेपाल बैंक तेह्रथुममा रहेको संक्रान्ति बजार पुनर्निर्माण तथा पुनस्थापना कोषमा जम्मा गरिएको एमालेले जनाएको छ ।

LEAVE A REPLY