कांग्रेसका कोषाध्यक्षहरुको सम्मेलन अर्को साता

0
303

nepali-congress-ko-news-768x397

६ पुस, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको सम्मेलन अर्को साता हुने भएको छ ।

Advertisements

प्रचार प्रसार समितिले बुधबार पत्रकार सम्मेलन गरी पुस ८ र ९ गते राजधानीमा हुने सम्मेलनको तयारी पुरा भएको जनाएको छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको संयोजक गोविन्द पुडाशैनीले जानकारी दिए । नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको संयोजक पुडासैनीले बताए ।

LEAVE A REPLY