काठमाडौंमा बन्दको प्रभाव सामान्य, अवरोध गर्न खोज्ने १२ जनलाई पक्राउ

0
294

७ पुस, काठमाडौं । विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

Advertisements

बन्दका कारण उपत्यकामा सार्वजनिक सवारी साधान चलेका छैनन् । साझा बस भने गुडिरहेको छ । निजी मोटरसाइकल र केही गाडी भने छिटफुट रुपमा गुडेका छन् ।

इन्धनको मूल्य बृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको माओवादीले उपत्यका बन्द आह्वान गरेको हो ।

तर, सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । सवारी आवागमनमा अवरोध गर्न खोज्ने १२ जनलाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY