सलाम छ धर्मुस-सुन्तली! जस्ले मुसहर बस्तीमा दिपावली ल्याए

0
319

timthumb-php

धर्मुस-सुन्तलीले मुसहरहरूको बस्ती बनाइदिने खबरले उत्साहित महोत्तरीको बर्दिबासका मुसहरहरुले सोमबार घरघरमा दिपावली मनाएका छन्। बस्ती बीचमा रहेको उनीहरुको कुल देवता दिनाभद्री मन्दिरमा जम्मा भएर हात हातमा मैनवत्ती बालेर गाउँ परिक्रमा गर्दै खुशियाली मनाएका हुन्।

Advertisements

राजमार्गबाट मुसहर बस्ती, केही दुरी टाढा रहेता पनि यस बस्तीमा गाँस, बास र कपासको समस्या विकराल रहेको बस्तीमा अगुवा मञ्जय सदाले बताए।

गएको वर्ष सरसफाईका क्रममा धुर्मुस-सुन्तली उक्त बस्तीमा पुगेका थिए। सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेस्रो एकीकृत बस्ती निर्माण गर्ने मुसहर बस्तीलाई रोजेका हुन्।

चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन्। शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए ।

भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन्।

गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन्। उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन सक्नु ठूलो परिर्वतन  हो, त्यो उपलब्धी हाँसिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ।’

LEAVE A REPLY