यो मेरो अन्तिम सन्देश हो, यस्तो टवी्ट गर्ने ७ वर्षिया बालिकाको उद्धार

0
354

timthumb-php

सीरियाको:युद्धग्रस्त क्षेत्र अलेप्पोको बारेमा टुवी्टबाट खवर गर्ने सात वर्षकी बाना अलावेद लाई सुरक्षीत रुपमा उद्धार गरिएको छ। टर्किको बिदेश मन्त्रालयले दिएको जानकारी अनुसार उनलाई सुरक्षीत उद्धार गरेर परिवारलाई बुझाइएको छ।

गएको साता एलेप्पोबाट वानाले ‘यो मेरो अन्तिम सन्देश हो, बाहिर हुँदै गरेको बमको वर्षाले अल लाग्दैन कि हामी बाँच्छौँ, हाम्रो मृत्यु भएपनि २ लाख अन्य ब्यक्तिहरु जो अहिले पनि युद्धभित्रै छन् उनिहरुको बारेमा पनि सोच्नु होला।’ भन्ने टुवी्टले संसारभर नयाँ तरंग ल्याएको थियो।

Advertisements

वानाले अमेरिकी राष्ट्रपति बाराक ओवामादेखि रुसका राष्ट्रपति ब्लादिमिर पुटिन सम्म ट्वीट गरेर युद्ध विराम गर्न आग्रह गरिसकेकी छन्। बानाले ओवामा पत्नी मिसेल ओवामालाई समेत युद्ध विरामकालागी सहयोग गर्न आग्रह गरिकी थिइन।

आफ्नो आमाको मद्धतबाट युद्धग्रस्त क्षेत्र अलेप्पोको बारेमा टवी्ट गर्ने गरिकी थिइन। वानाका साढे तिन लाख फलोवर्स रहेका छन्। युद्धमा फसेका १ सय ७२ जनालाई पनि उद्धार गरिएको छ। जसमा ६८ जना बालवालिकाहरु रहेका थिए।

LEAVE A REPLY