दक्षिण अफ्रिकाका पूर्व खेलाडी म्याच फिक्सिङ काण्डमा

0
318

93070826_petersen1

जोहानसबर्ग – दक्षिण अफ्रिकाका पूर्व खेलाडी अल्भारो पिटर्सनलाई म्याच फिक्सिङ काण्डमा दुई वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा सामेल हुन नपाउने गरी प्रतिबन्ध गरिएको छ ।

Advertisements

पिटरसनले अरुले गरेको म्याच फिक्सिन लुकाउन मद्दत गरेको स्वीकार गरेपछि प्रतिबन्धको सजाय सुनाएको हो । दक्षिण अफ्रिकाको घरेलु र्याम स्लयाम टी–२० च्यालेन्ज सिरिजमा सन् २०१५ मा म्याच फिक्सिङ भएको आशंका गरिएको थियो । यसबारे लामो समय अनुसन्धान गरिएको थियो ।

‘ क्रिकेट साउथ अफ्रिकाले ममाथि लगाएको प्रतिबन्ध म स्वीकार गर्छु,’ ३६ वर्षीय खेलाडीले भने

यसअघि, गत जनवरीमा दक्षिण अफ्रिका पूर्व स्पीनर गुलाम बोदीलाई म्याच फिक्सिङ गर्न खोजेको आरोपमा २० वर्ष प्रतिबन्ध लगाएको थियो । अगस्तमा पूर्व विकेट किपर थामी सोलेकिलेमाथि १२ वर्ष प्रतिबन्धको सजाय सुनाइएको थियो ।

ल्यांकसायरले पिटरसनले क्लबका लागि २०१७ को सिजन नखेल्ने जनाएको छ ।

LEAVE A REPLY