राष्ट्रिय खेलकुदको महामेला राष्ट्रिय खेलकुदको सातौं संस्करण भोलिदेखि

0
320

७ पुस, विराटनगर । निर्धारित समयभन्दा तीन बर्ष ढिला गरी राष्ट्रिय खेलकुदको महामेला राष्ट्रिय खेलकुदको सातौं संस्करण भोलिदेखि पूर्वाञ्चलका बिभिन्न १३ जिल्लाहरुमा सुरु हुँदैछ ।

Advertisements

तीन पटकसम्म आयोजना मिति तय हुँदै सर्दै गरेको खेलकुद अन्ततः भोलिबाट सुरु हुनेभएको छ । तर औपचारिक रुपमा प्रतियोगिता सुरु हुनुभन्दा २४ घण्टा अघिसम्म पनि पूर्वाधार निर्माण कार्य सकिएको छैन ।

खेलकुद परिषदले सम्पूर्ण तयारी पूरा बताएपनि वास्तविक रुपमा अझै केहि पुर्वाधारहरु निर्माणको क्रममै छन् । जसका कारण पूर्वाञ्चलमा हुने प्रतियोगितालाई सफल पार्न चुनौति देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले मंगलबार नै इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भइरहेको बताएका  छन् ।

LEAVE A REPLY