सरकारले गर्यो् ४ सचिवको सरुवा,

0
257

पुस ७, २०७३- सरकारले ४ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालय, सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालय, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको गरिवी निवारण मन्त्री ह्रृदयराम थानीले जानकारी दिए ।

Advertisements

यसैगरी बैठकमा राजनीतिक गतिरोधको अन्त्य गर्ने विषयमा पनि छलफल भएको छ ।

मन्त्री थानीका अनुसार बैठकमा अहिले संविधान संशोधन, संघीयता र  संविधान कार्यान्वयन प्रक्रिया नै रोकिएकोमा मन्त्रीहरुले गम्भीर चासो व्यक्त गरेका थिए । मन्त्रीहरुले यही समयमा पूर्व राजा ज्ञानेन्द्रले पनि वक्तव्य निकाल्नु अर्थपूर्ण भएको टिप्पणी गरेका थिए ।

मन्त्रीहरुले यी सबै समस्याको समाधानको लागि सबै दलहरु मिलेर जानु पर्ने औंल्याएका मन्त्री थानीले जानकारी दिए ।

LEAVE A REPLY