गरिबदासद्वारा विद्यालयलाई १० लाखको जग्गादान

0
208

स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा गरिबदास ठाकुरले आज महोत्तरी जिल्लाको धीरापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई १० लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन्।

Advertisements

विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेको बेला विद्यालय प्रशासनको आग्रहमा डा ठाकुरले सो विद्यालयलाई चार कट्ठा जग्गादान गरेका स्थानीय रामलोचन ठाकुरले बताए।

सो जग्गामा विद्यालय प्रशासनले केही दिनभित्रै भवन निर्माण गर्ने तथा बाँकी जग्गा खेल मैदानमा प्रयोग गर्ने जनाएको छ ।

हालसालै स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त गरेका डा ठाकुरले आफ्नो जन्मभूमि एवम् पैतृक गाउँको जमिन विद्यालयलाई प्रदान गरेर सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताए। रासस

LEAVE A REPLY