आमिरको 'दंगल' रिलिज नहुने

0
351

timthumb-php

अंग्रेजी वर्ष सन् २०१६ को अन्तिम बिग बजेट फिल्म ‘दंगल’ पाकिस्तामा रिलिज नहुने भएको छ।

Advertisements

पाकिस्तानले बलिउड फिल्ममाथि पाकिस्तानमा लगाउँदै आएको प्रतिबन्ध यसै साता हटाएपछि आमिरको ‘दंगल’ पनि पाकिस्तानमा रिलिज गरिने अनुमान लगाउँदै आइएको थियो।

‘दंगल’का वितरकले ‘दंगल’ पाकिस्तानमा रिलिज नहुने बताएपछि अनुमानमा दुङ्गो लागेको हो।

फिल्ममा आमिर महाविर फोगट नामक कुस्तिवाजको भूमिकामा देखिदैंछन्। विशेष शोमा ‘दंगल’ हेरेपछि बलिउडवृत्तले ‘दंगल’ उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिइसकेका छन्।

यसैवर्ष जम्मुकश्मिरको उरी शहरमा आतंकवादी आक्रमणमा १९ जना भारतिय सैनिकको निधन भएपछि सुरू भएको भारत-पाक सम्बन्धको तिक्तताका कारण बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएपछि पाकिस्तानले पनि बलिउड फिल्ममा प्रतिबन्ध लगाएको थियो।

LEAVE A REPLY