बाबुराम भट्टराई: धमिलो पानीमा माछा मार्न खोजेको भन्दै ज्ञानेन्द्र शाहलेको चलखेलप्रति आपत्ति

0
273

baburam-bhattrai-650x401

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पुर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै उनको पछिल्लो चलखेलप्रति आपत्ति जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै शाहले पुराना दलहरु सुशासन, विकास र समृद्धि तथा जनचाहना विपरित कुुर्सीको झगडामा डुबेको भन्दै विज्ञप्ति जारी गरेपछि नयाँ शक्तिले पनि बिहिबार विज्ञप्तिमार्फत नै कडा जवाफ फर्काउँदै धमिलो पानीमा माछा मार्ने योजना सफल हुन नदिने जनाएको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको भारी अभिमतमार्फत संविधानसभाबाटै विधिवत अन्त्य भइसकेको राजतन्त्रले घुमाउरो पाराले आफूलाई स्थायी र लौकिक सत्ताको दावा गरेको उल्लेख गरिएको छ।

Advertisements

नयाँ शक्तिले हिमाल, पहाड र तराई टुक्रयाँउन खोजिएको जस्ता प्रतिगामी अभिव्यक्तिसहितको शाहको विज्ञप्ती नेपाली जनताको लामो संघर्ष त्याग र बलिदानको अपमान भएको ठहर समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘पुर्व राजा ज्ञानेन्द्र शाहको यस्तो अभिव्यक्ति नेपाली जनताको परिवर्तनको चाहनाप्रतिको खुला चुनौती हो ।’
नयाँ शक्तिले विगत ७० वर्षदेखिको नेपाली जनताको चाहनाअनुसार प्राप्त गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र नेपाली राजनीतिको आधारभूत मान्यता भैसकेको भन्दै उक्त विज्ञप्ती नेपाली जनतामा निहित सार्वभौमसत्ता नेपालको संविधान र संविधानले संस्थागत गरेका आधारभूत मान्यताकै विपरित आएको दावी गरेको छ ।
सो पार्टीले यस्ता आधारभूत मान्यताविरुद्ध गरिने कुनै पनि हर्कत राज्य विरुद्धका अपराधका रुपमा परिभाषित गर्न माग समेत गरेको छ ।

LEAVE A REPLY