सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि , अनलाइनमै फारम भर्ने सुविधा

0
271

७ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि रातिदेखि नै लाइन बस्न जाँदै हुनुहुन्छ ? यदि हतारमा हुनुहुन्न भने केही दिन पर्खिनुस्, अनलाइनमै फारम भर्ने सुविधा पाउने हुनेछ ।यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्न सकिने सुविधा सुरु गर्दैछ । सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौं लाइनमा बस्नु परेको थियो ।अनलाइन फारमको व्यवस्थापछि यातायात व्यवस्था विभागमा घन्टौं लाइन बस्नु पर्ने बाध्यता लगभग हट्नेछ ।

Advertisements

पछिल्ला दिनमा विभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन ५ हजारसम लाइनमा बस्थे । तर, विभागले काठमाडौंबाट अहिले दिनमा ८ सयसम्म लाइसेन्स फारम बुझ्ने गरेको थियो । अब फारम भर्नेहरुको भिड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीलाई पनि होलो हुनेछ ।

यातायात ब्यवस्था मन्त्रालयले यो सिस्टमका लागि आवश्यक सर्भर खरिद गर्न ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ । टेण्डरमार्फत प्रक्रियामा जाँदा ढिलाइ हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेकखले सर्भर खरिदको प्रस्ताव मन्त्रिपरिषदमार्फत नै पास गराएका हुन् ।अहिले विभागका प्राविधिक अधिकारीले यो सिस्टमको लागि सर्भर जडान र सफ्टवेयर ‘इन्स्टलेशन’को काम गरिरहेका छन् । लक्ष्यअनुसार काम भए सोमबर स्टिमको औपचारिक उद्घाटन हुने विभागका एक उच्च अधिकारीले बताए ।अनलाइन फारम भर्ने व्यवस्थाले बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्नेछ ।

कसरी भर्ने फारम ?

विभागको यातायात व्यवस्था विभागको अफिसियल वेबसाइटमा यो सेवाका लिंक उपलब्ध छ ।

yatayat-online-systemहोम पेजमै ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ भन्ने लिंक मेनु छ ।

अागामी सोमबारदेखि यो लिंक क्लीक गरेर फरम भर्न सकिनेछ ।यो सफ्वेयरलाई सञ्चालनमा ल्याउन अहिले प्राविधिकरु खटिएका छन् । आइतबारसम्म यो लिंक ‘अन्डर कन्सट्रक्सन’ कै अवस्थमा रहनेछ ।सोमबारदेखि लाइसेन्सका लागि दिइने आवेदन फारम यसै मेनुभित्र हुनेछ ।त्यसमा क्लीक गरेर फारम भर्न सकिनेछ ।फरममा आवदेनकर्ताले ब्यक्तिगत विवरण भर्नुपर्छ । आफ्ना अफिसियल डकुमेन्टसँग मिल्ने गरी फारम भरेर अनलाइनमा दर्ता गर्नुपर्छ ।

सिस्टमले नै दिन तोक्ने

यसरी अनलाइन फारम भरेपछि सिस्टमले नै दर्ता गर्नेछ । र, विभागको कार्यालयमा कुन दिन उपस्थित हुने भनेर सूचना दिनेछ । सिस्टमले भनेको दिन आफ्ना नागरिकता र अन्य कागजातसहित विभागमा गएर पेश गर्नुपर्छ ।

त्यसपछि लाइसेन्सका लागि आवश्यक फोटो खिच्नुपर्छ र आफ्नो औंठाछापसहितको बायोमेट्रिक दिनुपर्छ । आवश्यक शुल्क पनि विभागमै तिनुपर्छ ।

LEAVE A REPLY