पूर्वराजा ज्ञानेन्द्र पनि यो देशको नागरिक हुन्, उनले बोल्न पाउँछन्, गणतन्त्रमा सबैलाई आफ्नो कुरा राख्न पाउने अधिकार छ,

0
254

tob-rayamahji-768x509

 

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपनेता रायमाझीले संविधान संशोधन प्रस्ताव जनताको चाहना नै नभएकोले यसलाई फिर्ता गर्नुपर्ने बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ जारी गरेको प्रेस वक्तव्यलाई गलत रुपमा लिन नहुने बताए । उनले भने,‘पूर्वराजा ज्ञानेन्द्र पनि यो देशको नागरिक हुन्, उनले बोल्न पाउँछन्, गणतन्त्रमा सबैलाई आफ्नो कुरा राख्न पाउने अधिकार छ, उनले त्यही अधिकार प्रयोग गरेका छन् ।’यद्धपी उनले पूर्वराजा शाहले जारी गरेको वक्तव्यमा भाषा अमूर्त रहेको भन्दै त्यसबारेमा आफूले कुनै टिप्पणी नगर्ने स्पष्ट पारे । उनले मुलुकमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक स्थिति मजबुद भएको भए बाह्य शक्तिले चलखेल गर्न नसक्ने बताउँदै मुलुकको आन्तरिक राष्ट्रियतालाई बलियो बनाउँदै आर्थिक समृद्धितिर लाग्नुपर्नेमा जोड दिए ।
उनले अघि थपे,‘राजतन्त्र हुँदा पनि देश सफल थिएन, ईतिहासमा देशलाई समृद्ध बनाएको भए आज विदेशीहरुले चलखेल गर्ने थिएनन्, यसलाई उनीहरूले नै रोपेका हुन्, बरु अहिलेका दलहरूले क्रमशः हटाउने कोसिस गरिरहेका छन् ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले पूर्वराजाले प्रतिगमन सोचेको भए त्यो पूरा हुन नसक्ने बताए ।
उनले भने,‘२४० वर्षसम्म शासन गर्दा केही गरेनन्, देश जहाँको त्यहि रह्यो, केही भएन, उल्टै जनता माथि निरंकुशता लाद्ने काम गरे, जनता सार्वभौम भएपछि त्यसलाई बिर्सेर शाहले जुन खालको राजतन्त्र व्युँत्याउने उद्देश्य राखेर वक्तव्य जारी गरेका छन, त्यो किमार्थ सफल हुदैँन, यो प्रतिगामी र प्रतिक्रियावादी कदम हो यसलाई नेपाली जनताले सफल हुन दिदैनन् ।’

Advertisements

LEAVE A REPLY