नरेन्द्र मोदीसँग अफ्रिदी दुःखी

0
285

bca20c7fb5e1403b106f8cdbeb14f7f7-300x225

दिल्ली / एजेन्सी– पाकिस्तान क्रिकेट टिमका स्टार अलराउन्डर साहिद अफ्रिदीले भारतको असममा एक क्रिकेट म्यानका दौरान उनको नम्बर लगाउने समर्थकको गिरफ्तारीले निरास भएको जनाएका छन् ।

Advertisements

अफ्रिदीले भनेका छन्, ‘यस्तो खालको घटना सर्मनाक हो । यो निकै दुखद पनि हो, क्रिकेटमा पनि राजनीति भइरहेको छ ।’ समाचारमा जनाइए अनुसार स्थानीय पुलिसले भारतीय जनता पार्टीका युवा एकाइको उजुरीका आधारमा रिपन चौधरी नामक युवालाई गिरफ्तार गरेको छ । पुलिसले धारा १२० ‘बी’ तथा २९४ को उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको हो ।

अफ्रिदीले यो मामिला निकै सिरियस भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गर्ने बताएका छन् । उनले भने, ‘यो खालको व्यवहार निकै असहिष्णु देखिन्छ र यसको निन्दा गर्नुपर्छ । यदि भारतमा पाकिस्तानी क्रिकेटरको प्रशंसक हुन् या पाकिस्तानमा भारतीय खेलाडीका प्रशंसक हुन् ।’

भारत र पाकिस्तानको राजनीतिक टकरावका कारण पाकिस्तान र भारतको सांस्कृतिक तथा खेल क्षेत्रमा पनि असर पर्दै आएको छ । पछिल्ला केही महिनादेखि यी दुई देशबीचको टकरावका कारण पाकिस्तानमा हुने खेलमा भारत सामेल नहुने तथा भारतमा हुने खेलहरूमा पाकिस्तान सामेल नहुने भइरहेको छ । यद्यपि समर्थकलाई नै पक्राउ गर्दै जाने क्रूरताको भने सर्वत्र विरोध भइरहेको छ ।

LEAVE A REPLY