बर्दिया राष्ट्रिय निकुञ्जमा बसको ठक्करले पाटे बाघको मृत्यु

0
297

पुस ७, २०७३- बर्दिया राष्ट्रिय निकुञ्जमा बसको ठक्करले पाटे बाघको मृत्यु भएको छ । गएराति ना४ख २८८७ नम्बरको बसले ठक्कर दिँदा बाघको मृत्यु भएको निकुञ्जले जनाएको छ । उक्त बसले बर्दियाको कुवाभर्मामा ठक्कर दिएको थियो । बस चालक गोपालबहादुर बोहोरालाई नियन्त्रणमा लिएर निकुञ्ज कार्यालय ठाकुरद्वारा राखिएको छ ।

Advertisements

निकुञ्जका निमित्त अधिकृत रमेशकुमार थापाका अनुसार अहिले मृत बाघलाई पनि ठाकुरद्वारामा नै राखिएको छ । निकुञ्जले चालकले चोरीसिकारीको लागि मारेको हो या दुर्घटनामा परेको हो अनुसन्धान थालेको छ ।

थापाका अनुसार चोरी सिकारीको लागि लोपोन्मुख बाघ मारिएको पुष्टी भएमा ५ देखि १५ वर्ष जेल वा १ लाख रुपैयाँ जरिवाना र दुवै सजाय हुन सक्छ । चोरीसिकारी बढ्दै गएपछि पाटेबाघको संख्या घट्न थालेको छ ।  विश्वमा नै पाटेबाघ संरक्षित जनावर हो ।

सन् २०१५ जनवरीदेखि २०१६ फेब्रुअरीसम्म १३ महिनामा मात्र नेपाल र भारतका निकुञ्ज, संरक्षित क्षेत्र र आसपासमा करिब १४ वटा बाघ मारिएका थिए । नेपालतर्फको बर्दिया र कैलालीका सामुदायिक वन (बर्दिया कम्प्लेक्स) मा ६ वटा बाघ मारिए ।

अहिले नेपालमा १ सय ९८ वटा बाघ छन् ।

LEAVE A REPLY