डिप्रेसन लक्षणहरु र घटाउने सहज ६ तरिका

0
300

beauty girl cry

डिप्रेसनका लक्षणहरु

रुन मन लाग्ने
निराश हुने
एक्लै बस्न रुचाउने,
झर्को लाग्ने
दिक्क मान्ने

Advertisements

बोल्न मन नलाग्ने
छटपटी
हातखुट्टा झमझम गर्ने
पैतला पोल्ने
मुख सुक्ने
आत्मग्लानी हुने
नकारात्मक सोचाई रहने
निद्रा कम पर्ने
खानामा रुचि नहुने
यौन सम्पर्क गर्न रुचि नहुने
आफूलाई निकम्मा सम्झने
मर्न पाए हुन्थ्यो भन्ने
बारम्बार रुने
शंका लाग्ने

डिप्रेसन घटाउने सहज ६ तरिका हरु

काममा सक्रिय

धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुसी प्रदान गर्छ । हरेक कुरामा रुचि राख्दा सन्तुष्टि र आफ्ना बारेमा राम्रो महसुस गर्न सहगोग गर्छ । यसले समस्या र नकारात्मक सोचबाट दिमागलाई टाढा भगाउँछ । रुचि बढाउने केही तरिका छन् । जस्तै : घरको सामान्य काममा व्यस्त हुने, बिरामी वा बूढा मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।

सकारात्मक सोच

डिप्रेसनमा नकारात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धि, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशका रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै सामाजिक जीवनमा सुधार ल्याउँछ । पीडाको समयमा खुसीसाथ बाँच्नु एउटा साहसिक छनोट पनि हो ।

समस्याको पहिचान

सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्नु जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–साना उपायको पहिचान गर्नुपर्छ । समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनुपर्छ । जीवनमा किन पीडादायी वा नकारात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो हुनुको कारण पत्ता लगाउनु जरुरी छ ।

खराब स्वभाव रोक्ने

गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवतः साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् ? आफ्ना अघि जस्तासुकै देखिएपछि बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् । आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हँुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।

भएकोमा सन्तुष्ट

आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नुपर्छ । निराश मानिस निश्चित विषय जस्तै : विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ

सोच परिवर्तन

खास त खराब स्वभावले निराश बनाउने हो । नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने काम हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाका लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने मेरो आफ्नै गल्ती छ भन्ने महसुस गर्नुपर्छ । मैले यस्तो सोच्ने होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–साना रमाइलोमा खुलेर हाँस्नुपर्छ ।  नकारात्मक सोचको तलाउमा डुब्नबाट बाँच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

LEAVE A REPLY