बलात्कार आरोपित प्रधानाध्यापक १० महिनापछि पक्राउ

0
255

रामेछाप-छात्रालाई बलात्कारको आरोपछि फरार जनजागृति उच्च माध्यमिक विद्यालय बेतालीका प्रधानाध्यापक गोविन्दबहादुर खत्री १० महिनापछि पक्राउ परेका छन् ।–उनले कक्षा ८ मा अध्ययनरत १४ वर्षिय छात्रालाई बलात्कार गरेको आरोप लागेको थियो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीका अनुसार,–०७१ साल चैत्रमा छात्रालाई ललाइफकाई बलात्कार गरेर फरार रहेको खत्रीलाई बिहीबार पक्राउ गरिएको छ ।–मन्थलीबाट पक्राउ परेका उनलाई पुर्पक्षको लागि जिल्ला कारागार रामेछापमा पठाइएको छ ।– पीडितका छात्राका बुबाले भने –परीक्षा सकिएपछि खत्रीले परीक्षाको बारेमा केहि कुरा गर्न भन्दै लिएर गएका थिए । त्यहीँ साँझ जबर्जस्ती करणी गरेका हुन् ।

Advertisements

LEAVE A REPLY