सन्दर्भ किसुनजी जन्म दिवस

0
316

krishna-prasad-bhattarai-2

सन्दर्भ किसुनजी जन्म दिवस

Advertisements

अाज त्याग र तपस्याका अग्रणी व्यक्तित्व स्व कृष्णप्रसाद भट्टराईकाे ९३अाै जन्म दिवस

मनाइँदैछ ।किसुनजी जनताको अपार श्रद्धा र विश्वास पाएको नेता हुनुहुन्थ्यो । आज पनि नेपालको पहिलो राजनीतिक दल रहेको नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत दिलाउने श्रेय किसुनजीलाई जान्छ । कांग्रेसको सभापति र अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतमा सरकार बनेको ६ महिनामा नेपालको इतिहासमा पहिलोपटक संवैधानिक रूपमा नेपालको सार्वभौमसत्ताको स्रोत नेपाली जनता कायम गर्ने नेपाल अधिराज्यको संविधान २०४७ जारी गराई १३ महिनाभित्र सम्पूर्ण राजनीतिक शक्तिको सहभागितामा शान्तिपूर्ण आमनिर्वाचन गराएकाले कांग्रेसलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत मिल्यो ।

२०५७ सालबाट करिब-करिब सक्रिय राजनीतिबाट अलि टाढा रहनुभएका किसुनजी २०६३ पछि पटकपटक बक्तव्यमार्फत पुनः राष्ट्रियतासँग जोडिएका मुद्दाहरूमा सक्रिय देखिन भयो । उहाँलाई चिन्ता परिवर्तनको नाममा २०४७ को संविधानबाट प्राप्त राजनीतिक स्थिरतासहितको उपलब्धि कतै गुम्ने हो कि भन्नेमा बढी नै थियो । २०६३ वैशाखको पहिलो हप्ता राजाको आह्वानमा छलफलका लागि किसुनजी नारायणहिटी दरबार जानुभयो ।

 २०१७ साल पुस १ गतेको घटनापछि श्रद्धेय नेताहरू बीपी कोइराला र गणेशमान सिंहसहित किसुनजी सुन्दरीजलको बन्दीगृहमा राखिनुभयो । निसर्त रिहाइ उहाँको बटमलाइन रह्यो । अरूको स्वतन्त्रताको हनन नगरेसम्म व्यक्तिको मानवीय स्वतन्त्रताको सीमा र सर्त राखिनु हुँदैन भन्नेमा उहाँ दृढ निश्चित हुनुहुन्थ्यो । कृत्रिम रूपमा व्यक्तिगत स्वतन्त्रताका अगाडि जतिसुकै शक्तिशालीबाट छेकबार खडा गरिन्छ भने त्यो आफूलाई स्वीकार्य छैन भन्ने उहाँको अविचलित अडान रहन गयो । यसरी नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ किसुनजीले सुरुमा लगातार १० वर्ष ३ महिना र पछिसमेत गरेर जम्मा १४ वर्ष ३ महिना बन्दी गृहमा बिताउनुभयो

निकै ठूलो हल्ला चलेको थियो, किसुनजीको नेतृत्वमा सरकार बन्दैछ । भित्र राजालाई संवैधानिक मर्यादामा बसेर २०४७ को संविधानको पूर्ण परिपालनाको प्रतिबद्धता अघि कुनै कुरा नबढ्ने कडा सन्देश दिएर फर्कंदै गर्दा दक्षिण ढोकामा पत्रकारहरूले घेरे, किसुनजी भन्नुभयो, ‘म त राजावादी हुँ ।’ ठिटा पत्रकारहरूले जिब्रो टोके । २०६३ पुसमा उहाँको ८४ औं जन्मदिन हिमालयन होटेलमा मनाइयो, सत्ता राजनीतिले बहिस्कार गरेर निलम्बनमा राखिएका राजा र राजपरिवारका सदस्य पनि किसुनजीका आमन्त्रित पाहुना थिए ।

२०६४ असोजमा कांग्रेसले गणतन्त्रमा जाने निर्णयको भोलिपल्ट स्वहस्ताक्षरित पत्र पार्टी सभापति र महासमिति सदस्यलाई सम्बोधन गर्दै किसुनजीले कांग्रेस पार्टी त्यागेको घोषणा गर्नुभयो ।’किसुनजी आफैंमा अध्ययनशील हुनुहुन्थ्यो । हाम्रा धेरै राजनेताहरू अध्ययनबाट मुक्त भइसकेका छन्, त्यही भएर कल्पनाशीलता छैन अरूमा । कल्पनाशील र सिर्जनात्मक हुन पनि पढ्नुपर्ने हुन्छ ।

किसुनजी प्रजातन्त्रको मूल्य, पद्धति र नैतिक पक्षलाई सजीव राखेर नेपालमा राजनीति नेतृत्व गर्ने झन्डै अन्तिम व्यक्तिको रूपमा रहनुभएको छ । देश, प्रजातन्त्र र पार्टीलाई आफूभन्दा धेरै ठूलो ठानेकै कारण आफूलाई पाँच वर्षको लागि प्रधानमन्त्री बनाउने भनी बहुमत ल्याइएको अवस्थामा आफ्नै नेतृत्वमा मध्यावधि निर्वाचनको घोषणा गर्ने सशक्त नैतिक आधार हुँदाहुँदै पनि उहाँले १० महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिएर राजनीतिबाट झन्डै हराएको अवस्था स्विकार्नुभयो । निस्पृयताका यस्तै गुणहरूका कारण उहाँलाई सन्तनेता भनिएको हो । यो महानताको कोसौं टाढासमेत आजका राजनीतिक नेताहरू नभेटिनु नेपालले भोगेको आजको दुरवस्थाको प्रमुख कारण रहेको छ

LEAVE A REPLY