रहेनन् लोकगायक मधुबाबु थापा ६३ वर्षका उमेरमा आज निधन

0
243

madhu-babu-thapa_nohthuu0ck-650x433

काठमाडौँ । लोकगायक मधुबाबु थापाको ६३ वर्षका उमेरमा आज निधन भएको छ ।

Advertisements

रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले जानकारी दिनुभयो । उहाँ आज बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरी घर फर्कनुभएको थियो ।

सायमीका अनुसार पिता प्रेमबहादुर तथा माता रेवादेवीबाट विसं २०१० वैशाख १५ मा दाङमा उहाँको जन्म भएको हो । उहाँले विसं २०३७ मा ‘आउ माया जालमा बुनु’ गीत पहिलो पटक रेडियो नेपालमा रेकर्ड गराउनुभएको थियो । शास्त्रीय, भजन, लोकगीत गरी करिब एक सय गीत गाउनुभएका दृष्टिविहीन थापा शास्त्रीय सङ्गीतमा तानपुरा बजाउनुहुन्थ्यो ।

उहाँका ‘काठमाडौँमा दोहरी’, ‘दशराग’ लगायत १० एकल तथा दुई युगल एल्बम प्रकाशित छन् । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने छ । थापाका तीन छोरा र एक छोरी हुनुहुन्छ । रासस

LEAVE A REPLY