सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौमा सूरु, राष्ट्रपति विद्या भण्डारीले उद्घाटन

0
246

1482480017212_pro_ktm_231216_0951-e1482480384891

काठमाण्डौं –सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौमा सूरु भएको छ । मुलुक संघीय संरचनामा गएपछि सरकारी वकिलहरुको भूमिकाका विषयमा परामर्श गर्न सम्मेलन गरिएको हो ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले भनिन्,
–दण्डहिनताको अन्त्य, कानुनी शासनको प्रत्याभूति र मुलुकलाई सुशासनमा लैजान सम्मेलन सफल हुने विश्वास छ ।
–दिगो शान्ति, सुशासन, विकास र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन अपरिहार्य रहेको भन्दै त्यसलाई साथ दिन म सरकारी वकिलहरुलाई आग्रह गर्छु ।

Advertisements

सोही कार्यक्रम लाई सम्बोधन गर्दै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचन गर्नका लागि दलहरुबीच छिट्टै सहमति जुट्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो– ‘संविधान संशोधन र निर्वाचनका विषयमा दलहरुबीच विवाद र बहस देखिए पनि त्यो लामो समयसम्म चल्दैन, त्यो अस्थायी हो, सरकारले छिट्टै सहमतिको वातावरण सिर्जना गर्छ ।’

प्रधानमन्त्री दाहालले दलहरु संविधान घोषणा गर्ने बेलामा मिलेजस्तै वादविवादको अन्त्य गर्नुपर्ने र दलहरुबीच असहमतिका विषय पनि संसद्मै छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानको भावना र मर्मअनुसार १३ महिनाभित्र तीनै निकायको निर्वाचन गरेर जानुपर्ने भएकाले स्थानीय निकायको निर्वाचन वैशाखमा, प्रदेश र केन्द्रीय निर्वाचन मङ्सिरमा गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कानुनको पालना नागरिकले मात्र नभई राज्यले पनि गर्नुपर्ने र दण्डहीनताको अन्त्य, स्वतन्त्र न्यायपालिका, कानुनी शासन सुदृढीकरण गर्नका लागि सरकारी वकिल क्षमतावान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।सोही भेलामा सभामुख तथा उपराष्ट्रपति को पनि उपस्थिती थियो

LEAVE A REPLY