लोकमानसिंह कार्की वारेसमार्फत सर्वोच्च अदालतमा उपस्थित हुन पाउने भएका छन् ।

0
245

काठमाडौं –निलम्बित अख्तियार प्रमुख लोकमान सिंह काकीले वारेसमार्फत सर्वोच्च अदालतमा उपस्थित हुन पाउने भएका छन् ।
अर्को साता शुक्रबारका लागि पेशी बुझेपछि वारेसमार्फत अदालती प्रक्रियामा सहभागी हुन पाउने अदालतले व्यवस्था गरेको हो । यसअघि उनी आफै अदालतमा उपस्थित हुन अदालतले आदेश दिएको थियो ।
कार्कीसँगै उनका कानुन सचिव प्रमोद कार्कीले पनि वारेस सुविधा पाउने भएका छन् ।
कार्कीमाथि परेको मुद्धामा बिहिबारबाट शूरु भएको बहस प्रक्रिया शुक्रबार पनि चल्यो । शुक्रबार कार्कीको तर्फबाट अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गरे ।

Advertisements

बिहिवार उनी अदालत गएको बेला उनीमाथि कालोमोसोको प्रयास भएको थियो

LEAVE A REPLY