लिवियाको विमान अपहरण : अपहरणकारीद्वारा आत्मसमर्पण

0
232

hijacked-libyan-plane-768x454

माल्टा- लिवियाको विमान अपरहणमा परेका सवै यात्रु सकुशल रिहा भएका छन् । माल्टा सरकारसँगको वार्तापछि अपहरणकारीले चालकदलका सदस्इसहित सवै यात्रुलाई रिहा गरेका हुन् । दुई जना अपहरणकारीले पनि आत्मसमर्पण गरेका छन् । अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई आवश्यक अनुसनधानका लागि नियन्त्रणमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार चालकदलका सदस्यसहित सबै यात्रु सकुशल छन् । लिवियाको सेहवाबाट राजधानी त्रिपोलीका लागि उडेको जहाजलाई शुक्रबार अपहरणकारी अपहरण गरि माल्टा पुराएका थिए । चालक दलका सदस्यसहित ११८ जना सवार सरकारी स्वामित्वको अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयरबस ३२० विमानभित्र रहेका दुई अपहरणकारीले जहाज ध्वस्त पार्ने धम्की दिँदै माल्टाको विमानस्थलमा अवतरण गराएका हुन् । विमानले त्रिपोली तर्फ दिशा लिँदै गर्दा दिशा परिवर्तन गरि माल्टा पुराइएको वालस्ट्रीट जर्नलले जनाएको छ ।

Advertisements

विमानलाई अपहरणमुक्त गर्न माल्टा सरकारले बिर्गेडियर जेफ्री क्यूर्मीको नेतृत्वमा आतंकवादी विरुद्ध गठित विशेष फौजलाई तैनाथ गरेको माल्टा इण्डिपेण्टले जनाएको छ । माल्टा सरकारसँगको वार्तापछि अपहरणकारीले तिन चरणमा यात्रुलाई रिहा गरेका थिए । सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए थिए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो र तेस्रो चरणमा सबै यात्रुसहित चालक दलका सदस्य रिहा भएका थिए ।

किन कसले विमान अपहरण गरे भन्ने स्पष्ट नभएपनि अपहरणकारी गद्धाफी समर्थक रहेको वताइएको छ । अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । तर, उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिपछि यात्रुलाई छाडे भन्ने खुल्न सकेको छैन ।

LEAVE A REPLY