ओलीले पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे पछी

0
214

kp_oli_pm-585b2b17859c23-42292683

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक भाषणमा दुवैले एक अर्कामाथि आक्षेप लगाउन थाले ।

Advertisements

ढिलो गरी कार्यक्रममा पुगेका देउवाले शुरुमै ओलीसँग झगडा परेको बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए ।

‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसपनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मनतव्यको शुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोप गथ्र्यो तर म अरुको हितमा कबुल गर्दिनँ, बाहिरको हितहरुको कबुल एमालेले बोक्न चाहन्न ।’

एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भिर असर गर्छ ।’

LEAVE A REPLY