वीरगञ्जमा मापसे चालक समात्न चार राउन्ड गोली : पछिपछि प्रहरीको आधा दर्जन गाडी

0
256

वीरगञ्ज – वीरगञ्जमा बिहीबार राति सवा १० बजेतिर चार राउन्ड गोली चल्यो । सिमावर्ती भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवन प्रतिवन्ध लागेपछि यताबाट नेपाल भित्रने मालवहाक गाडी र सवारी चालकले पहिले काम गर्छन्, मदिरा सेवन । यस्तै एउटा मालवहाक ट्रक चालकले बिहीबार राति मदिरा सेवन गरी वीरगञ्जमा गाडी कुदाए । उनलाई नियन्ञणमा लिन प्रहरीले वीरगञ्ज शहर चक्कर लगायो । अन्त्यमा गाडी र चालकलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली चलाउनु पर्यो ।
घट्ना विवरणअनुसार वीरगञ्ज १६ पावरहाउस चोकमा जँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे । ट्रक गति बढाउदै उत्तर गण्डकतिर कुद्यो । प्रहरीले दुई वटा गाडीमा ट्रकको पिछा गरे । गण्डकतिर लागेका ट्रक चालकले चिनी कारखाना आवास क्षेत्र अगाडिबाट हुइँकिदै पूर्वतिर मोडेर प्रहरीलाइ छक्याउन खोजे । प्रहरीले पिछा गरिरह्यो ट्रक फेरी टिसीएन चोकबाट दाहिने मोडिएर बाइपास हुँदै दक्षिणतिर लाग्यो ।

Advertisements

रातको साढे १० बजे अघिअघि मदिराले मात्तिएका चालकले चलाएको ट्रक र पछिपछि, प्रहरीका आधा दर्जन गाडी । करीब ७ मिलोमिटरको रेसपछि प्रहरी उपरिक्षक गोविन्दकुमार साहले ट्रकलाइ नियन्त्रणमा लिन पछिल्लो चक्कालाई निसाना बनाएर चार राउण्ड गोली चलाए ।

बिहारको धमौल बडीगुलेनीका २१ बर्षीय चालक करु यादव, बिहारकै १९ बर्षीय धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।साभार्: नागरिक दैनिक

LEAVE A REPLY