प्रचण्ड :एमालेको प्रस्तावअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गराएको

0
237

रुकुम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको प्रस्तावअनुसार नै आफूले संविधान संशोधन प्रस्ताव दर्ता गराएको दाबी गरेका छन्।

Advertisements

उनले भने, संविधान बन्नुभन्दा पहिले एमालेकै प्रस्तावअनुसारको विधेयक अहिले मैले ल्याएको हुँ।  विरोधका लागि मात्र विरोध गर्नु भएन । ओलीजीकै प्रस्तावअनुसार यो आएको छ।’संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताए।

रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन)को शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।

नयाँ संविधान घोषणाका क्रममा केही कुरा छुटेकाले त्यसलाई पूरा गर्न सरकारले व्यवस्थापिका–संसद्मा संशोधन विधयेक दर्ता गराएको उल्लेख गर्दै उनले मधेसी, मुस्लिम, थारु, जनजातिलगायत पछाडि पारिएका समुदायको अधिकारलाई सुश्चित गर्न विधेयक दर्ता गराएको बताए। उनले संविधान संशोधन कसैले रोक्न नसक्ने बताए।

प्रधानमन्त्री दाहालले आफूहरु देशलाई आर्थिक रुपले समृद्ध बनाएर जनवादलाई पूरा गर्दै समाजवादतर्फ अगाडि बढ्ने तयारीमा रहेको बताए।देश आर्थिक रुपले समृद्ध नभएसम्म विकास हुन नसक्ने भएकाले संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धितर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

संविधान कार्यान्वयन नभए अहिलेसम्मका सबै उपलब्धि गुम्ने खतरा रहेकाले सरकारले तोकिएकै समयमा तीनै तहको निर्वाचन गराएर छोड्ने प्रधानमन्त्री दाहालको दाबी थियो ।

LEAVE A REPLY