मेला गएकी बोल्न नसक्ने एक बालिकामाथि सामूहिक बलात्कार

0
239

जाजरकोटमा बोल्न नसक्ने एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । झाप्रा–१ की १४ वर्षीया बालिकामाथि गाउँमै लाग्ने मेलाबाट फर्कनेक्रममा दुई जानले बिहीबार बेलुका बलात्कार गरेका हुन् । बलात्कार अभियोगमा प्रहरीले झाप्रा–२ का २० वर्षीय विश्व थापा र झाप्रा–१ का २२ वर्षीय पदम महरलाई पक्राउ गरेको छ ।

Advertisements

ती बालिका साथीहरुसँगै मेला गएकी थिइन् । तर, केटाहरुले उनलाई समातेपछि अन्य भने भागेर जोगिएका थिए । मेला गएकी छोरी रुदै घर आएपछि बलात्कार घटना सार्वजनिक भएको हो ।

नजिकैको जंगलमा लगेर सुरुमा महरले ती बालिकाको हात समातेर थापाले बलात्कार गरेका थिए । त्यसपछि थापाले हात समातेको र महरले बलात्कार गरेको प्रहरीले बताएको छ । बालिकाको मुख थुनेर पालैपालो बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY