प्रधानमन्त्री प्रचण्डले गरे ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्रहालय’ उदघाटन

0
204

prachanda-at-chunbang-1

९, पुस, दाङ । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहानै माओवादीका बरिष्ठ नेताहरुसहित रुकुमको चुनवाङ पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्रहालय’ को उदघाटन गरेका हुन् ।माओवादी जनयुद्धकालमा चर्चामा रहेको ऐतिहासिक चुनवाङ बैठकस्थलको प्रधानमन्त्रीले निरीक्षण गरे । र, सो बैठकस्थललाई जनयुद्ध संग्रहालय बनाउने घोषणा गरे ।

Advertisements

prachanda-at-chunbang-3

 

काठमाडौंबाट हेलिकोप्टरमा सीधै चुनवाङमा ओर्लिएका प्रधानमन्त्री प्रचण्डले भावुक हुँदै जनयुद्धकालमा आफूले सेल्टर लिएको घर र कोठाहरुको अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, टोपबहादुर रायमाझी लगायतका नेताहरु रुकुमको उक्त ऐतिहासिक घरमा पुगेका थिए । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत सरकारी कर्मचारी पनि माओवादी नेताका साथमा थिए ।

चुनवाङ बैठकबाटै माओवादी पार्टीले शान्ति प्रक्रियामा आउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो स्थलको ऐतिहासिक महत्व रहेको बताए ।

LEAVE A REPLY