कसैको इशारामा हुने संशोधनमा सहमति नगर्ने :ओली

0
199

kp_oli_pm-585b2b17859c23-42292683

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान संशोधनको कुरा उठाएर संक्रमणकाल लम्ब्याएको आरोप लगाएका छन् । उनले कसैको इशारामा हुने संविधान संशोधन एमालेका लागि मान्य नभएको स्पष्ट पार्दैै बलिदान दिन परे पनि पछि नपर्ने तर कसैको इशारामा हुने संशोधनमा सहमति नगर्ने बताए ।

Advertisements

पोखरा विमानस्थलमा शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता ओलीले उक्त कुरा बताएका हुन् । उनले वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको स्पष्ट पारे ।

उनले भने, देश संक्रमणकालमा छ, संक्रमणको अन्त्य गर्न र संविधान कार्यान्वयन गर्दै निर्वाचनमा जार्नुपर्छ, जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य हुँदैन । उनले देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुनसक्ने बताए ।

उनले अहिलेको रुपान्तरित ब्यवस्थापिका संसद्लाई संविधान संसोधन गर्ने कुनै अधिकार नरहेको भन्दै सरकारको काम संविधान कार्यान्वयन गर्दै निर्वाचनमात्र गर्नु हो । आगामी वर्ष ७ माघसम्म चुनाव नभए राजनीतिक र संवैधानिक सङ्कट उत्पन्न हुने भए पनि त्यसतर्फ सरकारको कुनै तयारी नभएको उनको भनाइ छ ।

नेता ओलीले सरकारले काम गर्ने भन्दा समस्या अड्काउने र विवादमा देशलाई फसाउने भन्दा अरु काम नगरेको आरोप लगाए । उनले देश, जनता र राष्ट्र हितविपरीत भएको बताउँदै देशका लागी आफूहरु जीवनको बलिदान दिनसमेत तयार रहेको बताए ।

सरकारले विवादलाई समाधान गर्नेभन्दा पनि बल्झाउनेतर्फ लागेको उल्लेख गर्दै उनले भने, ‘क्षेत्र नं ५ मा आक्रमण गरिएको छ, प्रदेश नं ४ को नवलपुर सम्बन्धमा विवाद झिकिएको छ, पहाड र तराई छुट्याउनेलगायतका कुराभित्र अशोभनीय एवम् रहस्यात्मक कुरा रहेका छन् ।’

उनले कुनै नयाँ आयोजना वा भइरहेका आयोजनामा बजेट नपुग भएमात्र पूरक बजेट ल्याउन सकिने भए पनि सरकारले त्यस्तो अवस्था पुष्टि गर्न नसकी पूरक बजेट ल्याउन खोजेको आरोप लगाए । तनहुँको भीमादमा शनिबार सुरु प्रथम भीमाद महोत्सव उद्घाटनका लागि नेता ओली पोखरा विमानस्थल ओर्लिएका हुन् ।

 

LEAVE A REPLY