क्रिसमस–डेका अवसरमाआज सार्वजनिक बिदा

0
180

इसाई धर्मावलम्बीको चाड क्रिसमस–डेका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएको छ । गृह प्रवक्ता बालकृष्ण पन्थीद्वारा जारी विज्ञप्तिमा नेपालभर र विदेशस्थित कूटनीतिक नियोगमा पर्व बिदाका रूपमा आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ । अघिल्लो सरकारले इसाई धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्रै बिदा दिने व्यवस्था गरेको थियो ।

Advertisements

LEAVE A REPLY