तीन नेतालाई ३५ किलोको एउटै माला

0
198

विराटनगरः विराटनगरमा शनिबार सुरु भएको संघीय समाजवादी फोरम नेपालको एकता महाधिवेशनमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहितका तीन नेतालाई विराटनगरमा पैतीस केजीको मालाले स्वागत गरिएको छ ।

Advertisements

पार्टीको मोरङ जिल्ला एकता अधिवेशनको उद्घाटन कार्यक्रम सहभागी वरिष्ठ नेता अशोक राई र वरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई जिल्ला कार्यसमितिको तर्फबाट जिल्ला अध्यक्ष राजकुमार यादवले ३५ केजीको माला लगाएर स्वागत गरेका हुन् ।तीनै नेतालाई गला जोड्न लगाई एउटै माला लगाईंदा उपस्थित कार्यकर्ता तथा सहभागीले ताली बजाएर स्वागत गरेका थिए । एकताको सुत्रको सन्देश दिन ठूलो माला बनाएर नेतालाई लगाई दिएको पार्टीका जिल्ला अध्यक्ष यादवले जानकारी दिए।

upendra_yadhav_ashok_rai-585e51991385f6-09646541

LEAVE A REPLY