आज इसाई धर्मावलम्बीको चाड क्रिसमस: क्रिसमस–डे मनाउँदै

0
251

christmas-celebration-images

क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस–डे मनाउँदै छन्् । २५ डिसेम्बरमा इसाई धर्मका प्रणेता जिसस क्राइस्ट जन्मिएको दिनको उपलक्ष्यमा क्रिसमस मनाउने चलन छ ।यस दिन क्रिस्चियन धर्मावलम्बीले शुभकामना तथा उपहार आदानप्रदान गर्दै ‘मेरी क्रिसमस’ मनाउने गर्छन् । क्रिस्चियन धर्मका प्रणेता जिसस क्राइस्टको जन्मदिन पारेर २ हजार १६ वर्षअघिदेखि यो पर्व मनाउन थालिएको हो । उनकै सम्झनामा इस्वी संवत् सुरु भएको विश्वास गरिन्छ ।
क्रिस्चियन धर्मालम्बीले क्रिसमस सुरु हुनु साता दिनअघि नै ‘क्रिसमस ट्री’ बनाई घर–पसलमा सजाउने गर्छन् । क्रिसमसको अघिल्लो साँझ रमाइलो गरी प्रभु यशुको सम्झनामा भजन गाउ“दै क्रिसमस मनाइन्छ । जसलाई ‘क्रिसमस इभ’ भनिन्छ ।२०६३ सालमा तत्कालीन व्यवस्थापिका–संसद् बैठकले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा घोषणा गरेपछि यस पर्वले थप व्यापकता पाएको हो । जिसस क्राइस्टको जन्म कुमारी आमा मेरीको कोखबाट २५ डिसेम्बरमा भएको थियो । इजरायलस्थित जेरुसेलम वेथलहेममा उनको जन्म भएको हो ।

Advertisements

LEAVE A REPLY