श्रीमतीको हत्यापछि विष सेवन गरेका श्रीमान उपचारका लागी अस्पताल लैजाने क्रममा मृत्यु

0
207

श्रीमतीको हत्यापछि विष सेवन गरेका श्रीमान उपचारका लागी अस्पताल लैजाने क्रममा मृत्यु
विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् ।शुक्रबार दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
प्रहरीले तत्कालै घटनास्थल पुगेर विष सेवन गरेका थापालाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले बुनाको माइती पक्ष आएपछि साँझ मुचुल्का गरेर शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको जानकारी दिएको छ ।छोरीको विवाह भइसकेको र छोरा अस्ट्रेलिया रहेको थापा दम्पत्तिबीच घरायसी कारणबाट हत्या र आत्महत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे प्रसाईंले जानकारी दिए। रासस

Advertisements

LEAVE A REPLY