चितवन: पौडी खेल्न गएका दुई किशोर नदीमा डुबेर बेपत्ता

0
222

चितवनका दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्न गएका दुई किशोर नदीमा डुबेर बेपत्ता भएका छन् । आज अपराह्न पौडी खेल्ने क्रममा पूर्वी चितवनको राप्ती नदीमा र कविलासस्थित नारायणी नदीमा डुबेर उनीहरु बेपत्ता भएका हुन् ।

Advertisements

खैरहनी नगरपालिका बस्ने १८ वर्षीय प्रवीण रोइला राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
आठजना विद्यार्थी सामूहिकरुपमा पौडी खेल्न गएका थिए । सुरुमा नदीमा हाम्फाल्नेबित्तिकै प्रवीण डुबेपछि अरु नदीमा पस्न नभ्याएकाले सकुशल रहेको स्थानीयवासी ईश्वरी पाठकले जानकारी दिए। उनले अहिले राति ८ बजेसम्म उनको अवस्था थाहा हुन नसकेको बताए।

यस्तै आजै कविलास–१ जुगेडीस्थित नारायणी नदीमा नुहाउन गएका नमस्ते नेपाल होटल जुगेडीमा काम गर्ने १९ वर्षीय इमान लामा पनि डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। उनका अनुसार उनीहरुको खोजी जारी भए पनि अझै फेला पार्न सकिएको छैन । रासस

LEAVE A REPLY