नारायणगढ-मुग्लिन सडकमा पर्यटक बस नरोकिने

0
207

१० पुस, काठमाडौं । राजधानी जोड्ने मुख्य राजमार्गअन्तर्गत नारायणगढ-मुग्लिन सडक खण्डमा पर्यटक बोकेका बसहरुले पट्यारलाग्दो जाम झेल्नु नपर्ने भएको छ । सडक विस्तारका कारण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालमा दैनिक चार घण्टा प्रतिवन्ध लगाइएको उक्त सडक खण्डमा पर्यटक बोकेका बसलाई भने छुट दिन लागिएको हो ।

Advertisements

मुलुकको तेस्रो पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासमा पर्यटक बोकेका बसलाई नरोक्ने निर्णय भएको हो । ‘सौराहासहित विश्व सम्पदामा सूचीमा सूचीकृत धेरै ठाउँहरु चितवनमा छन्,’ चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने, ‘सडकमा पर्यटकहरुलाई रोक्दा धेरै गुनासो आएकोले सहज बनाउन यस्तो तयारी गरेका हौं ।’

पर्यटक बोकेका बसलाई नरोक्न निर्देशन दिइसकेकाले अब यो कार्यान्वयनमा आउने भट्टले बताए । कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत उनले आग्रह गरे ।

LEAVE A REPLY