अब निकट भविष्यमै फेसबुकमा ग्रुप अडियो कलिंग

0
190

फेसबुकले आफ्ना प्रयोगकर्तालाई त्यस्ता सबै सेवा सुविधा प्रदान गर्न चाहन्छ जो अन्य एपहरुमा उपलब्ध छन् । फेसबुकले निकट भविष्यमै ग्रुप अडियो कलिंग सेवा ल्याउने तयारी गरिरहेको छ ।

Advertisements

यसका लागि फेसबुकले केही डेस्कटप प्रयोगकर्ताका लागि अहिले नै परीक्षणको रुपमा ग्रुप अडियो कल गर्ने विकल्प उपलब्ध गराएको छ ।
फेसबुकको यो फिचरमा वेबमा फेसबुक लगइन गरी ग्रुप च्याट विन्डो खोेल्दा तपाइँले ग्रुप अडियो कल गर्ने अप्सन देख्नुहुनेछ । फेसबुकले हालै

मोबाइल मेसेन्जर एपमा ग्रुप भ्वाइस कल फिचर लञ्च गरेको थियो ।  फेसबुकको यो फिचर पारम्परिक रुपमा गरिने कन्फ्रेन्स कलको विकल्पका रुपमा आउन सक्छ । अहिले परीक्षणका रुपमा सुरु गरेको ग्रुप अडियो कल फिचरलाई फेसबुकले कहिलेदेखि आम प्रयोगकर्तासम्म पुर्‍याउने हो भन्ने चाहीँ खुलेको छैन ।

LEAVE A REPLY